Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

आज चारबजे मानव साङ्लो बनाएर नेकपाले टुडीखेल घेर्ने।

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज नेकपा (प्रचण्ड-माधव नेपाल) पक्षले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछन् ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर घेर्नका लागि जनवर्गिय संगठनका आवद्ध कार्यकर्ताहरुको उपस्थिति रहनेछ।
सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।
मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता/कार्यकर्ताहरु रहने छन् ।

arrow प्रतिक्रिया दिनुहोस्