Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

पर्वतमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान

पर्वतका किशोरीहरुलाई एचपीभी खोप लगाइने

loading views..

पर्वत, माघ १६ गते । जिल्लाका ४ हजार ७ सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख प्रविन शर्माका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा १ सय ९५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । अभियानको विषयमा जानकारी दिन मंगलबार प्रदेश स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ५२ जना बालिकालाई सो अवसरमा खोप लगाइने जानकारी दिइएको थियो ।
अभियानलाई कार्यालयले २ चरणमा सञ्चालन गर्दैछ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न हुनेछ । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिए ।
अभियानलाई सफल बनाउन सवैको सहयोग हुनुपर्ने प्रमुख जिल्ला अधिकारी केदार शर्माले सो अबसरमा बताएका थिए । जिल्ला खोप समन्वय प्रमुख विष्णुराम विकले खोप सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस भनेर प्रचार प्रसारलाई ब्यापक बनाउनुपर्ने धारणा राखे ।
किशोरीहरुलाई एच.भि.पि नामको खोप देशभर एकै साथ लगाउन लागिएको हो । खोप अभियानमा कुल १ सय ५ खोप फोकल पर्सन, १ सय ९५ खोप स्वास्थ्यकर्मी र ३ सय ९० स्वयम्सेवकहरु परिचालन हुनेछन् ।
यसै वीच पर्वतको मोदी गाउँपालिकामा पनि खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले गाउँपालिकाको सभाहलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागीता रहेको स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीले जानकारी दिए ।
खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरुले वस्तीस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले कार्यक्रममा अनुरोध गरेका थिए । उपाध्यक्ष लामिछानेले खोप अभियानलार्य प्रभावकारी बनाउन गाउँपालिकाले सवै प्रकारको ब्यवस्थापनमा सहयोग गर्ने समेत जानकारी दिएका थिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्