Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

नवलपरासीको कावासोती नगरपालिका–१ का अध्यक्ष मियाँको हृदयघातबाट निधन

loading views..

नवलपरासी,माघ १९ गते। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ। राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला उनलाई हृदयघात भएको हो।

आज दिउँसो गैँडाकोटमा भएको कार्यक्रममा स्वागत मन्तव्य दिई मञ्चबाट ओर्लिने क्रममा मियाँ अचानक लडेका थिए। उनलाई तत्काल चितवन मेडिकल कलेज पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले जानकारी दिए।

मियाँ ३७ वर्षकी श्रीमती, तीन छोरी र एक छोराका पिता थिए। उनी राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिव समेत थिए। स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएका मियाँ आफ्नो क्षेत्रका सक्रिय नेतामध्ये एक मानिन्थे।

उनको असामयिक निधनप्रति स्थानीय तहका जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्