Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

केबुलकार निर्माणको विरोधमा बन्द, पूर्वी जिल्लाको जनजीवन प्रभावित

loading views..

पोखरा,माघ २० गते। ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आएको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ।

माघ २० र २१ गतेका लागि आह्वान गरिएको बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात ठप्प बनाएको छ। कोशी राजमार्ग तथा तमोर करिडोर अवरुद्ध हुँदा पहाड–तराई आवागमन प्रभावित भएको धनकुटा प्रहरी कार्यालयले जनाएको छ।

बन्दको कारण सवारी साधन ठप्प भएका छन् भने सर्वसाधारणलाई दैनिक जीवनयापनमा कठिनाइ भएको छ। आन्दोलनकारीहरूले धार्मिक आस्थामा खलल पुगेको भन्दै केबुलकार निर्माण रोक्नुपर्ने माग राखेका छन्।

यसअघि प्रहरीसँगको झडपमा तीन जना गोली लागी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका थिए। आन्दोलनकारीहरूले घाइतेहरूको आजीवन व्यवस्थापन तथा पक्राउ परेकाहरूको विनाशर्त रिहाइ माग गर्दै विरोध जारी राखेका छन्।

यसैबीच, गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विवाद समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वय गर्न जिम्मेवारी दिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्