Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुन: अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित

काठमाडौं, माघ२२ गते । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । काफ्ले यसअघिका समेत सफल अध्यक्ष हुन् ।
सोमवार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले काफ्लेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
खुला उपाध्यक्ष सन्तोष गौतम, समाबेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ महिला उपाध्यक्षमा सबिना राना सर्वसम्मत निर्वाचित भएका छन् ।
गोरखामा बसेर पोखरा प्रेसबाट लेखन पत्रकारितामा उदाएका गोरखापत्रका सम्बादाता गुणबहादुर रोका महासचिब, सचीव (दलित) साने बहादुर नेपाली, जनजाति सचीव दान बहादुर गुरुङ, सचीव सुरेश अधिकारी, खुला सचीव अग्निथर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा सतिसा शर्मा, शुरेस अधिकारी, राजकुमार छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दंगाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत रुपमा चयन भएका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्