धार्मिक एबम पर्यटकिय स्थल पन्चकन्या मन्दिर : एक परिचय

धार्मिक एबम पर्यटकिय स्थल पन्चकन्या मन्दिर : एक परिचय

टियान देबकोटा/पोखरा,माघ २२ गते। स्याङ्जा जिल्लाको सदरमुकामबाट पश्चिममा अबस्थित पन्चकन्या कालिका मन्दिर अर्जुन- चौपारी गाउँपालिका ०१ मा अबस्थित रहेको छ। अर्जुन चौपारी बजारबाट केही उचाइमा रहेको उक्त स्थान पछिल्लो समय धार्मिक तथा पर्यटकिय हबको रुपमा परिचित हुँदै गएको छ। सुन्दर प्राकृतिक मनोरम दृश्य, शान्त, सुन्दर तथा प्राकृति प्रेमिको लागि एक आकर्षक गन्तब्यको रुपमा बिकसित भईरहेको पाइन्छ। आन्तरिक पर्यटनको चहलपहल सँगै उक्त स्थानले महत्व पाउँदै आएको छ।
धार्मिक स्थलको रुपमा परिचित उक्त स्थानमा पन्चकन्या कालिका मन्दिर, कोटघर रहेको छ। बर्षको २ पटक पुजा हुने उक्त मन्दिरमा चैते दशै राम नवमी र बडादशैमा नौ दिन नित्य पुजा आजा हुने गरेको पाइन्छ।
पुजा विधि : दुबै राम नवमी र बडादशैको औसिबाट शुद्ध भई घटस्थापनाको दिनमा बिधिपूर्बक नित्य कर्म गरि शुभ साइतमा जमरा राखी पुजा गरिन्छ। उक्त नौ दिन सम्म बिहान बेलुका नित्य पुजा गरिन्छ। सातौ दिन विधि पूर्बक शुभ साईतमा दशै घरमा फुलपाती भित्र्याउने गरिन्छ। कन्या बालकलाई नजिकका गाउँ गाउँमा गई फूल अक्षता, फलफूलहरु ल्याई मन्दिरमा भित्र्याउने काम गरिन्छ। त्यसै गरि अष्टमीको  दिनमा पुजारीहरु नित्य कर्म गरि देबिको धुप बत्ती गरि बेलुका कालारात्री पुजाको तयारी गर्ने गर्दछ्न। परम्परा अनुसार बेलुका राती १२ बजे पछि कालारात्री देबिको बलि दिएर पुजा गर्ने चलन बिगतदेखी चलिआएको पाईन्छ। नवमिको दिन बिशेष महत्वपूर्ण हुने गर्दछ। बिहानै देखि नित्य कर्मका साथ शुद्ध भई पुजा गर्ने परम्परा रहेको छ। नवमिको दिनमा पन्चवली दिने कार्य गरिन्छ। रागो, भेडाे, देउराली पाठि, परेवा, हास तथा कुखुराको बलि दिईन्छ। भोलिपल्ट बिजयदशमिको दिनमा दशै घरमा राखिएको जमरा देबिलाई बिधिपुर्बक चठाउने, मौलो पुजा गरि बिधिपुर्बक पुजा आजा गरिन्छ।

पुजा ब्यबस्थापन : पुजा ब्यबस्थापनको लागि एक समिती रहने ब्यबस्था छ। उक्त समिति मार्फत पुजा सम्पन्न गरिन्छ। टोल टोल द्वारा आ- आफ्नो जिम्मेवारी सम्पन्न गरिन्छ। ब्राह्मण समुदाय, क्षेत्री, गुरुङ, मगर, बिश्वकर्मा, दर्जी, सार्की सबै समुदाय द्वारा आ- आफ्नो जिम्मेवारी पुर्बक देबिको पुजा गर्ने गरेको पाईन्छ। यो परम्परा बिगत लामो समयदेखी नै रहेको स्थानीय वृद्ध बताउछ्न ( बलबहादुर नेपाली अन्तबार्ता)
पुजारीको काम ब्राह्मण, क्षेत्री समुदायबाट गरेको पाईन्छ तथा बिश्वकर्मा समुदायबाट हतियार मर्मत, दर्जी समुदायबाट देबिलाई नगरा बाजा बजाउने गरेको पाईन्छ, त्यस्तै सार्की समुदाय द्वारा बाटो घाटाे सरसफाइ, मन्दिर वरिपरि सरसफाई गर्ने परम्परा बिगत देखि नै भएको पाईन्छ। साथै सबै जातिको सौहार्द पुर्ण एकताको प्रतीक समेत उक्त पुजालाई लिने गरिन्छ।
पन्चकन्या मन्दिर भएको स्थानलाई स्थानीय भाषामा केटिचौर भनिन्छ। परापुर्बक कालमा पाच कन्या मध्ये एक कन्या हराएको भएर केटीचोर अपभ्रस भई केटीचौर भएको जनबिस्वास रहेको पाईन्छ। पहिले सतौ राज्य अन्तर्गत भुरे, टाकुरे राजाले शासन गरेको पाईन्छ। यद्यपि उक्त समयका किल्लाका रुपमा रहेको खाल्डाखुल्डी स्पष्ट देख्न सकिन्छ।

पर्यटकिय रुपमा : पन्चकन्या मन्दिर अर्जुनचौपारी बजार भन्दा केही उचाईमा रहेको छ। उक्त स्थानबाट वरिपरिको दृश्यअबलोकन गर्न सकिन्छ, सफा बाताबरण, हरियाली रुख बिरुवा यहाँका आकर्षकका केन्द्रका रुपमा रहेको पाईन्छ। आन्तरिक पर्यटनको आगमन र चहलपहल भएको पाईन्छ। मन्दिरको उत्तरमा अबस्थित जल बराह गुफा, निकटमा रहेका कृष्ण मन्दिर, शिव मन्दिर पनि थप पर्यटकिय स्थलका रुपमा रहेका छ्न।
धार्मिक तथा पर्यटकिय स्थल पन्चकन्या स्थललाई स्थानीय सरकार, प्रदेश सरकारले समेत आबश्यक पुर्बाधारको बिकास गर्न सकेमा स्थानीय कला, सस्कृतिको संरक्षण गर्दै धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास गर्न सकिन्छ। साथै आर्थिक स्रोतको एक भरपर्दो माध्यम पनि बनाउन सकिन्छ।
मन्दिर सम्म पुग्ने सहज यातायातको ब्यबस्था, खानेपानी, विद्युत, सहज सडकको ब्यबस्था गरि उक्त स्थानलाई धार्मिक बिकास क्षेत्र समेत निर्माण गर्न सकिने संभावना रहेको पाईन्छ।
संकलक : TN देबकोटा
स्नातकोत्तर ( मानबिकी तथा सामाजिकशात्र सकाय) त्रिभुवन बिश्वबिद्धालय
अन्तरबार्ताकार :
– रणबहादुर थापा ( पुजारी)
– रुक्मांगत देबकोटा ( पुजारी)
– चक्रपानी भुसाल, स्थानीय समाजसेबी
– हरिप्रसाद देबकोटा, स्थानीयबासी
– उदयराज थापा, स्थानीयबासी
– बलबहादुर नेपाली, स्थानीय बयोवृद्ध
– एक बहादुर थापा, पुर्ब अध्यक्ष समिति
– चित्र बिष्ट, वार्ड अध्यक्ष गाउँपालिका
एबम समस्त देबकोटा थर, सिमलचौर बासी बुवाआमा, अर्जुनचौपारी स्याङ्जा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.