Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, स्थानीय विकास र पारदर्शितामा जोड

loading views..

गोरखा,माघ २४ गते । गण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ। गाउँपालिका–४, गैरीचौतरामा आयोजित कार्यक्रममा स्थानीय विकास, सेवा प्रवाह, पारदर्शिता, सुशासन तथा अन्य विविध विषयमा छलफल गरिएको थियो।

गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाहरूले आफ्ना गुनासा, सुझाव र समस्या राख्ने अवसर पाए। अध्यक्ष तिमिल्सेनाले “गण्डकी कोदोको रक्सी” लाई कानुनी रूपमा स्थापित गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “कोदोको रक्सी हाम्रो परम्परागत सम्पदा मात्र नभई स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण स्रोत पनि हो।”

कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास लगायतका विषयमा गम्भीर छलफल भयो। गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गर्भवती महिलाहरूलाई निःशुल्क प्रसूति सेवा तथा आर्थिक सहयोग प्रदान गरिरहेको जानकारी गराइयो। साथै, विद्यालयहरूमा स्मार्ट कक्षा, निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिइएको बताइयो।

कृषि क्षेत्र सुधारका लागि किसानहरूलाई अनुदान तथा आधुनिक प्रविधि सम्बन्धी तालिम प्रदान गर्ने योजना अघि बढाइएको छ। गण्डकी गाउँपालिकाले सार्वजनिक सुनुवाइमार्फत जनताको समस्या सम्बोधन गर्दै समृद्ध गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्