Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या, कार्यक्रम स्थगित

loading views..

काठमाडौं,माघ २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। यही कारणले उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवस कार्यक्रममा उपस्थित हुन सकेनन्।

प्रधानमन्त्री ओली बिहान ८:४५ बजे उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो। तर अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनको उपस्थिति रद्द गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने विषयमा थप विवरण सार्वजनिक गरिएको छैन। तर, उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरू निरन्तर निगरानीमा रहेको स्रोतले जनाएको छ।

 

यसअघि पनि ओली स्वास्थ्य समस्याका कारण विभिन्न कार्यक्रममा उपस्थित हुन नसकेको घटना सार्वजनिक भएका थिए। अहिलेको समस्या कत्तिको गम्भीर हो भन्ने बारेमा सरकारले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

यस घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ भने ओलीको स्वास्थ्य अवस्थाको अपडेटका लागि धेरैले प्रतीक्षा गरिरहेका छन्।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्