Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

नेपाल टेलिकमले एक बर्षको अबधिमा ३० लाख ग्राहक गुमायो

loading views..

काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा नेपालमा मोबाइल तथा टेलिफोन सेवाका कुल ४२ लाख ६९ हजार ८८६ सब्सक्राइबर (ग्राहक) घटेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्टले यस्तो देखाएको हो ।

 गत २०७६ भदौ मसान्तसम्म नेपालमा मोबाइल तथा टेलिफोन सेवाका चार करोड १९ लाख १३ हजार ६६१ सब्सक्राइबर थिए । तर गएको भदौसम्म आइपुग्दा उक्त संख्या तीन करोड ७६ लाख ४३ हजार ७७५ मा सीमित हुन पुगेको हो ।

सब्सक्राइबर संख्या घट्दा नेपालमा मोबाइल तथा टेलिफोन सेवाको पेनिट्रेसन (पहुँच) समेत खुम्चिएको छ । गत वर्ष कुल जनसंख्याको १४२.०१ रहेको भ्वाइस सेवाको पेनिट्रेसन अहिले घटेर १२६ प्रतिशतमा सीमित भएको हो ।  

 

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

यस अवधिमा सबैभन्दा धेरै ग्राहक नेपाल टेलिकमले गुमाएको छ । प्राधिकरणका अनुसार टेलिकमका ३० लाख २० हजार ४५७ ग्राहकले यस अवधिमा सेवा बन्द गराएका छन् ।

जसमध्ये ३० लाख १५ हजार ८३३ ग्राहक जीएसएम मोबाइल सेवाका रहेको पाइएको छ । यस बाहेक कम्पनीले पीएसटीएन अर्थात ल्याण्डलाइन सेवामा २२ हजार १९९ र डब्लूएलएल (वायरलेस लुप) सेवामा एक हजार ४९ ग्राहक घटेका छन् ।

तर कम्पनीले बन्द गर्ने तयारी गरेको सीडीएमए सेवामा भने पछिल्लो एक वर्षको अवधिमा १८ हजार ६२४ प्रयोगकर्ता थपिएका छन् । त्यसो त ग्राहक घट्नेमा नेपाल टेलिकम मात्र एक्लो कम्पनी भने होइन ।

मुलुकको सबैभन्दा ठूलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले समेत यस अवधिमा १३ लाख ३६ हजार ९७० सब्सक्राइबर गुमाएको छ । हाल कम्पनीको भ्वाइस (मोबाइल) सेवामा एक करोड ५३ लाख ३१ हजार ८९० ग्राहक रहेका छन् ।

तर तेस्रो मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले भने एक वर्षको अवधिमा ८६ हजार ३७८ जना ग्राहक बढाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्