पोखरा फागुन ९ गते। एलन मस्कले संसारकै सबैभन्दा शक्तिशाली कृत्रिम बुद्धिमत्ता (एआई) लञ्च गरेका छन्। मस्कले भने, “हामी ग्रोक ३ प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ।” ग्रोक ३ को डेमो कार्यक्रममा झन्डै १ लाख मानिस सहभागी भएका थिए। यो कार्यक्रममा एक्सएआईले केही बेन्चमार्कहरू देखायो, जसमा ग्रोक ३ ले जैमिनी २ प्रो, डीपसीक भि३ र च्याटजिपिटी ४० लाई पछाडि पारेको थियो।
‘ग्रोक’ शब्दको कथा
यो शब्द रोबर्ट हेनलाइनको किताब ‘स्ट्रेन्जर इन ए स्ट्रेन्ज ल्यान्ड’ बाट लिइएको हो।
एक्स र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलन मस्कले एआईको दुनियाँमा हलचल मच्चाएका छन्। मस्कले पृथ्वीकै सबैभन्दा बुद्धिमान् एआई लिएर आएका छन्। उनको एआई कम्पनी एक्सएआईले नयाँ र स्मार्ट च्याटबट ग्रोक ३ लञ्च गरेको छ। डेमो कार्यक्रममा मस्कले भने, “हामी ग्रोक ३ लाई प्रस्तुत गर्न निकै उत्साहित छौँ, यो ग्रोक २ भन्दा धेरै सुधारिएको छ र यसलाई बनाउन छोटो समय लाग्यो।”
मस्कले आफ्नो टिमको पनि तारिफ गरे र भने, “उत्कृष्ट टिमसँग काम गर्न पाउँदा मलाई गर्व लाग्छ।” ग्रोक ३ को डेमोमा करिब १ लाख मानिस जोडिएका थिए। एक्सएआईले देखाएका बेन्चमार्कमा ग्रोक ३ ले विज्ञान, कोडिङ र गणितमा जैमिनी २ प्रो, डीपसीक भि३ र च्याटजिपिटी ४० लाई उछिनेको थियो।
‘ग्रोक’ नाम किन?
मस्कले आफ्नो च्याटबटको नाम ‘ग्रोक’ किन राखियो भनेर पनि खुलासा गरे। यो शब्द रोबर्ट हेनलाइनको किताब ‘स्ट्रेन्जर इन ए स्ट्रेन्ज ल्यान्ड’ बाट आएको हो, जसमा मंगल ग्रहमा हुर्किएको पात्रले यो शब्द प्रयोग गर्छ। मस्कका अनुसार, ‘ग्रोक’ को अर्थ हो- कुनै कुरालाई गहिरो र पूर्ण रूपमा बुझ्नु। उनले थपे, “यो शब्दले गहिरो समझलाई जनाउँछ, जुन ग्रोक एआईको मुख्य पक्ष हो।”
डेमोमा एक्सएआईका अधिकारीहरूले ग्रोक बनाउन आफ्नै डेटा सेन्टर बनाएको पनि बताए।
आफ्नै डेटा सेन्टर
एक्सएआईका अधिकारीले भने, “हामीलाई यो चाँडो लञ्च गर्नु थियो, त्यसैले हामीले चार महिनामै आफ्नै डेटा सेन्टर बनायौँ।” कम्पनीले पहिलो १ लाख जीपीयू (GPUs) चलाउन १२२ दिन लगाएको र त्यो ठूलो मेहनत भएको बतायो। त्यसपछि उनीहरूले एच१०० क्लस्टर क्षमता दोब्बर गर्ने निर्णय गरे र यो काम ९२ दिनमै सम्पन्न गरे। एक्सएआईले भने, “हामीले यो सम्पूर्ण कम्प्युटिङ पावर प्रयोग गरेर उत्पादनलाई निरन्तर सुधार गर्यौँ।” ग्रोक ३ को लञ्चलाई मस्कको ठूलो कदम मानिएको छ।
मस्क र ओल्टम्यानबीचको तनाव
ग्रोक ३ को लञ्च यस्तो बेला भएको छ, जतिबेला ओपनएआईका मालिक र मस्कबीच तीखो बहस चलिरहेको छ। केही दिनअघि मस्कले ओपनएआई किन्ने प्रस्ताव राखेका थिए, तर कम्पनीले त्यसलाई अस्वीकार गर्यो र उल्टै मस्कलाई एक्स बेच्न प्रस्ताव गर्यो।
यता, गत महिना चीनको डीपसीक एआईले विश्वभर तहल्का मच्चाएको थियो। त्यसको लञ्चपछि टेक कम्पनी एनभिडियाको सेयरमा ठूलो गिरावट आएको थियो।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.