काठमाडौं, फागुन २६ गते। काठमाडौंको गोंगबुस्थित बागमती खोलाको बिच भागमा अन्दाजी ३०/३५ वर्षकी महिलाको शव भेटिएको घटनामा संलग्न भएको आरोपमा नाबालकसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार, फागुन २४ गते बिहान ११:४० बजे बागमती खोलामा महिलाको शव भेटिएपछि अनुसन्धान अगाडि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा गोंगबु, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकका पाँच जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ।
पक्राउ परेका व्यक्ति
१. केशव खड्का – सर्लाही बागमती निवासी, हाल गोंगबु बस्ने, उमेर २५ वर्ष
२. सुरेश तामाङ – मकवानपुर हेटौडा शिखरपानी निवासी, हाल ऐं, गोंगबु कृष्ण मन्दिर बस्ने, उमेर २० वर्ष
3. रोशन तामाङ – नुवाकोट मेघाङ-५ निवासी, हाल ऐं, गोंगबु कृष्ण मन्दिर बस्ने, उमेर २० वर्ष
4. पुजा परियार – सिन्धुपाल्चोक टिपिनी निवासी, हाल ऐं, गोंगबु बस्ने, उमेर २० वर्ष
5. एक नाबालक (नाम गोप्य)
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.