Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

भरतपुरका १२९ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

loading views..

चितवन, चैत्र ३ गते।  भरतपुर महानगरपालिकामा १२९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ। आइतबार एक विशेष समारोहबीच महानगरपालिकाका वडा नं. ११ का ११६, वडा नं. १५ का ९, र वडा नं. २६ का ४ परिवार गरी कुल १२९ घरधुरीलाई लालपूर्जा प्रदान गरिएको हो।

कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्दै गएको उल्लेख गर्दै सम्बन्धित निकायका अधिकारीहरूले अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, र नुनखर्कजस्ता क्षेत्रमा देखिएको समस्या समाधानका लागि काम भइरहेको जानकारी गराए। भूमिसम्बन्धी अध्यादेश संसदमा अड्किएको भए पनि समाधानको पहल जारी रहेको समेत बताइयो।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल ले जनता नै राज्यका शक्ति भएको उल्लेख गर्दै भूमिहीन नागरिकलाई लालपूर्जा वितरण गर्नु सरकारको दायित्व रहेको बताए।

त्यसैगरी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ले भूमिहीन नागरिकको व्यवस्थापनलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिँदै, “भरतपुरमा यस विषयमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन। हामी नागरिकप्रति जिम्मेवार छौँ,” भन्दै कानुन, विधि, र ऐनअनुसार कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

महानगरपालिकाको तथ्याङ्कअनुसार भरतपुरमा २,०५२ भूमिहीन दलित, ३,९१७ भूमिहीन सुकुम्बासी, र ५,२३७ अव्यवस्थित बस्ती गरी ११,२०६ सुकुम्बासी घरधुरी रहेका छन्। स्थानीय सरकारले लालपूर्जा वितरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्