#जनप्रदर्शन

काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन तयारी तिब्र, लाखौं सहभागी हुने दाबी

काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन तयारी तिब्र, लाखौं सहभागी हुने दाबी

काठमाडौं, चैत १४ गते। समाजवादी मोर्चाले यही चैत १५ (शुक्रबार) काठमाडौंमा हुने प्रदर्शनमा हजारौँ सहभागी गराउने दाबी गरेको छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाले भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध व्यापक प्रदर्शन गर्ने तयारी गरेको हो।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदर्शनलाई भव्य बनाउन विभिन्न रणनीति तय गरेको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार एक लाखभन्दा बढी नागरिक प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ।

“हाम्रो प्रदर्शनमा एक लाखभन्दा बढी मान्छे उतार्छौं,” श्रेष्ठले भने, “शान्तिपूर्ण रूपमा राजधानीका विभिन्न सडकमा प्रदर्शन हुनेछ।”

भृकुटीमण्डपमा विशाल सभा

सडक प्रदर्शनपछि भृकुटीमण्डपमा सभा आयोजना गरिने छ, जसमा समाजवादी मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रमुख वक्ताहरूमा:

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)

मोर्चाले प्रदर्शनलाई प्रभावशाली बनाउन व्यापक तयारी गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.