काठमाडौं, वैशाख २८ गते। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकार सहज रूपमा अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ। हिजो एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिंदै उहाँले सरकारको जग कमजोर भइसकेको बताउनुभयो।
प्रचण्डले गम्भीर समीक्षा गर्न आग्रह गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधनको आधार खोज्न सरकार र सत्तारुढ दललाई आह्वान गर्नुभयो। “यो सरकारको जग कमजोर भइनै सक्यो,” उहाँले भन्नुभयो, “गम्भीर समीक्षा गरौं। राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोजौं।”
उहाँले वर्तमान संसदले संविधान संशोधन नगरे पनि अर्को संसदले सहजै संविधान संशोधनको ढोका खोल्न सक्ने चेतावनी दिनुभयो। “गम्भिर समिक्षा गराैं, राष्ट्र र जनताकाे हितलाइ केन्द्रमा राखेर संविधान संशाेधन गराैं,” उहाँले थप्नुभयो, “याे संसदले नगरेमा अर्काे संसदले सजिलै संविधान संशाेधनकाे ढाेका खाेल्न पनि सक्छ।”
नेता प्रचण्डको यो भनाइले वर्तमान राजनीतिक परिदृश्यमा संविधान संशोधनको मुद्दालाई थप पेचिलो बनाउने संकेत गरेको छ। सरकार र प्रतिपक्षी दलबीचको बढ्दो आरोप प्रत्यारोपले आगामी दिनमा राजनीतिक ध्रुवीकरण बढ्न सक्ने अनुमान गरिएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.