Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गण्डकी प्रदेशका १३ सहकारी संस्था खारेज

loading views..

पोखरा, १३ वैशाख। गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले लगातार निष्क्रिय रहेका १३ वटा सहकारी संघसंस्थाको दर्ता खारेज गरेको छ। तीमध्ये एक उपभोक्ता संघ तथा बाँकी १२ वटा वित्तीय, कृषि तथा सञ्चारमूलक सहकारी संस्थाहरू छन्।

सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) अनुसार लगातार दुई वर्षसम्म कुनै आर्थिक कारोबार नगरेका र कानुनी रूपमा अनिवार्य विवरण अद्यावधिक नगरेका संस्थाहरूलाई निष्क्रिय ठहर गरी दर्ता खारेज गरिएको सहकारी रजिस्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो।

रजिस्ट्रार रिजालका अनुसार, “निष्क्रिय सहकारी संस्थालाई व्यवस्थित र सक्रिय बनाउनेतर्फ खारेजी प्रक्रिया आवश्यक र सकारात्मक कदम हो, जसले समग्र सहकारी क्षेत्रको गुणस्तर सुधार गर्न सघाउँछ,” उहाँले बताउनुभयो।

कार्यालयले खारेज गरिएका संस्थाहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द गरिएको र ती संस्थाहरूको संचालनमा कुनै दायित्व वा लेनदेन भएमा त्यसको जिम्मेवारी सम्बन्धित सञ्चालक तथा पदाधिकारीहरूलाई नै रहने स्पष्ट पारेको छ। साथै, सेयर सदस्य तथा अन्य सरोकारवालाहरूलाई आवश्यक सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

खारेज गरिएका सहकारी संस्थाहरूको सूची:
पोखरा महानगरपालिका १, कास्की २ पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लि. पोखरा महानगरपालिका ९, कास्की ३ मर्दी हिमाल कृषि सहकारी संस्था लि. माछापुच्छ्रे गाउँपालिका ८, कास्की ४ अजम्बरी कृषि सहकारी संस्था लि. साविक रानीपोखरी–३, तनहुँ ५ उपभोक्ता सहकारी संघ लि. तनहुँ व्यास नगरपालिका ११, तनहुँ ६ माझकोट उपभोक्ता सहकारी संस्था लि. भीमाद नगरपालिका ४, तनहुँ ७ लघुउद्यम कोसेली घर सहकारी संस्था लि. बेशीसहर नगरपालिका १, लमजुङ ८ गोरखा सूचना तथा सञ्चार सहकारी संस्था लि. गोरखा नगरपालिका ३, गोरखा ९ जनता सूचना तथा सञ्चार सहकारी संस्था लि. गोरखा नगरपालिका ४, गोरखा १० नागरिक बचत तथा ऋण सहकारी संस्था लि. साविक मसेल–६, गोरखा ११ सत्यनारायण बचत तथा ऋण सहकारी संस्था गोरखा नगरपालिका ५, गोरखा १२ सहयोगी कृषि सहकारी संस्था लि. साविक आरुपोखरी–१, गोरखा १३ सारथी सूचना तथा सञ्चार सहकारी संस्था लि. बडिगाड गाउँपालिका २, बागलुङ

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्