पोखरामा माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु, ८ घाइते

पोखरामा माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु, ८ घाइते

पोखरा, बैसाख ३१ गते। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–३२, लामेआहालमा मंगलबार साँझ एक इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने ३ जनाको सनाखत अझै हुन सकेको छैन।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार घाइतेमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (Western Regional Hospital) ल्याइएको थियो, जहाँ उपचारको क्रममा तीन जनाले ज्यान गुमाए।

अन्य ७ घाइतेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर: बुद्धराज बस्याल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.