Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्‍यो,दुई महिनाभित्र फर्किन आग्रह

loading views..

पोखरा, जेठ २३ गते। संयुक्त राज्य अमेरिकाले करिब ७ हजार नेपालीले लिइरहेको अस्थायी संरक्षित स्थिति (TPS) सुविधा खारेज गरेको छ। अब उनीहरूलाई ५ अगस्ट २०२५ अघि अमेरिका छाड्न भनिएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीको निर्णय अनुसार, नेपालमा टीपीएस जारी राख्नुपर्ने अवस्था नरहेको भन्दै सुविधा अन्त्य गरिएको हो।

सूचनामा भनिएको छ, “यदि तपाईं टीपीएसमै अमेरिका बसिरहनु भएको छ र अन्य वैधानिक आधार छैन भने, नेपाल फर्किन तयार हुनुस्।”

सन् २०१५ को भूकम्पपछि अमेरिकाले आप्रवासन नियमअन्तर्गत टीपीएस सुविधा दिएको थियो, जसमा १५ हजार नेपाली लाभान्वित भएका थिए।

टीपीएस के हो?
टीपीएस अमेरिका सरकारले संकटग्रस्त देशका नागरिकलाई अस्थायी रूपमा बस्न, काम गर्न र यात्रा गर्न दिइने सुविधा हो। यो सुविधा स्थायी बसोबासको आधार भने होइन।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्