Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

विश्वकै लामो यात्रुवाहक केबुलकार पोखराबाट मुक्तिनाथसम्म निर्माण हुने

loading views..
Nepal Telcome

काठमाडौं, जेठ २३ गते। धार्मिक एवं पर्यटकीय महत्वको मुक्तिनाथ धामसम्म कास्कीको वीरेठाँटीबाट केबुलकार निर्माण हुने भएको छ। लगानी बोर्ड नेपालको हालै सम्पन्न ६४औं बैठकले ८१.०४१ किलोमिटर लामो यात्रुवाहक केबुलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।

परियोजना वीरेठाँटी-घोडेपानी-तातोपानी-लेते-जोमसोम-कागबेनी हुँदै मुक्तिनाथसम्म सञ्चालन हुनेछ। कुल ७ स्टेसन रहने यस केबुलकारमा ७७६ वटा गोन्डोला रहने प्रस्ताव छ। यसले समुद्री सतहदेखि करिब ३७०० मिटर उचाइसम्म यात्रु लैजानेछ।

केबुलकारको प्रत्येक स्टेसनमा रिसोर्ट बनाइनेछ। १९ वटा स्टेसनमध्ये ८ वटामा अनिवार्य बिसौनी हुने र केहीमा बास बस्न मिल्ने सुविधा हुनेछ।
मुक्तिनाथ दर्शन प्रालिले निर्माण, सञ्चालन र हस्तान्तरण (B.O.O.T.) मोडलमा यो परियोजना अघि बढाउनेछ।

यस परियोजनाबाट वार्षिक ३६ लाख यात्रु ओसारपसार हुने अनुमान गरिएको छ। लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (DPR) र वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृत गरेसँगै परियोजना अघि बढ्ने बाटो खुलेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले परियोजना कार्यान्वयनका लागि कार्यदल पनि गठन गरेको छ।
पर्यटन तथा रोजगारी प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने अपेक्षासहित मुस्ताङ, पोखरा र समग्र गण्डकी प्रदेशको विकासमा केबुलकारले उल्लेखनीय टेवा पुर्‍याउने विश्वास गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link