आज देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा, जेठ २३ गते। हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश र पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम प्रायः सफा रहनेछ।

महाशाखाले यात्रु र किसानलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।

पोखरा प्रेस
अधिकारिक श्रोत: जल तथा मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.