नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा हरि भण्डारी समूहद्वारा क्लिन स्वीप

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा हरि भण्डारी समूहद्वारा क्लिन स्वीप

पोखरा ,असार १ गते। नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशनमा हरि भण्डारी नेतृत्वको समूहले पूर्ण बहुमत प्राप्त गर्दै संगठनभित्र आफ्नो वर्चस्व कायम गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा अध्यक्षदेखि सहसचिवसम्म सबै पदमा भण्डारी समूहले विजय हासिल गर्दै जनकराज पराजुली समूहलाई क्लिन स्वीप गरेको हो।

अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा हरिप्रसाद भण्डारीले ५१ मत प्राप्त गर्दै १६ मतान्तरले जित निकाले। उनका प्रतिद्वन्द्वी जनकराज पराजुली ३५ मतमा सीमित रहे। पराजुली यसअघि सचिव पदमा कार्यरत थिए।

उपाध्यक्षमा पनि भण्डारी समूहको बलियो पकड

उपाध्यक्षतर्फ पनि भण्डारी समूहले नै वर्चस्व देखायो। अर्जुन मल्लले ५४, देवीमाया अधिकारीले ५३ र पुष्पकमल ढुंगानाले ४९ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा निर्वाचित भए। विपक्षी समूहका गीता खनालले ३२ र दयाराम तिवारीले १० मत मात्रै प्राप्त गरे।

अन्य पदमा समेत विजय

सचिव पदमा सूर्यप्रकाश तिवारी पहिले नै सर्वसम्मत निर्वाचित भइसकेका थिए। कोषाध्यक्षमा अनिल परियारले ४९ मत प्राप्त गर्दै रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गरे। पाण्डेले ३५ मत प्राप्त गरे। सहसचिवमा चन्द्रबहादुर गुरुङ ५२ मतसहित विजयी भए भने भीम नेपाली ३३ मतमा सीमित भए।

आन्तरिक प्रतिशपर्धामा भण्डारी पक्षको वर्चस्व

यस अधिवेशनले भण्डारी पक्षको सांगठनिक पकड थप बलियो बनाएको छ। संगठनभित्र पराजुली पक्षीय समूह मतको हिसाबले कमजोर देखिएको छ।

आफुलाई बाम बिश्लेषक भन्न रुचाउने एक पुर्ब विद्यार्थी नेताका अनुसार भण्डारी समूहको यो विजय संगठनभित्र नेतृत्व कौशल, सांगठनिक सुदृढता र कार्यकर्तामाझ लोकप्रियताकै प्रतिफल हो। यद्यपि आन्तरिक लोकतन्त्रलाई कायम राख्दै प्रतिस्पर्धात्मक माहोलमा भएको निर्वाचनले पार्टीभित्र नेतृत्व विकासको मार्ग भने खुला राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.