गोरखा, असार ७ गते। पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ८४ करोड ६१ लाख १३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख वन्दना पाण्डेले १७औं नगरसभामा बजेट प्रस्तुत गर्दै समावेशी, समृद्ध र सेवा केन्द्रित नगर निर्माणको संकल्प व्यक्त गरिन्।
बजेटको स्रोत
संघीय सरकारबाट : रु. ७२ करोड ९४ लाख
प्रदेश सरकारबाट : रु. ४ करोड ६२ लाख
आन्तरिक स्रोतबाट : रु. ६ करोड ६० लाख
सडक बोर्ड नेपालबाट : रु. ४५ लाख
शिक्षामा सबैभन्दा ठूलो लगानी: रु. ३०.६३ करोड
‘Junk Food’ निषेध, स्थानीय पोषणयुक्त खाजा प्रवर्द्धन
Friday for Future अभियान अन्तर्गत अतिरिक्त क्रियाकलाप
दुर्गम क्षेत्रका बालबालिकालाई छात्रावास वा यातायात सेवा
प्राविधिक शिक्षामा छात्रवृत्ति, सामूहिक दुर्घटना बीमा योजना
नगरस्तरीय परीक्षा र शैक्षिक बीमाको सुनिश्चितता
भौतिक पूर्वाधार निर्माणमा: रु. ९.७० करोडभन्दा बढी
विरुवाटार–गाईफार्म सडक: रु. १.७० करोड
राधाकृष्ण–ठाँटीपोखरी, समीफेद–डुम्रेडाँडा सडक सुधार
लुइटेल–कालामाटा सडक स्तरोन्नति (संघीय साझेदारी): रु. ६.७० करोड
नगरस्तरमा तीनपाङ्ग्रे सवारी सञ्चालनको तयारी
कृषिमा नवप्रवर्तन: रु. १.२५ करोड
कृषि एम्बुलेन्स, शीत भण्डारण केन्द्र, हाटबजार सञ्चालन
बाँझो जमिन उपयोग गर्न भूमि बैंक स्थापना
अमिलो जातका फलफूल, मकै र रैथाने बालीको प्रोत्साहन
पशुसेवा नि:शुल्क, फार्म दर्तामा ५०% छुट
स्वास्थ्यसेवामा विस्तार: रु. १ करोडभन्दा बढी
गाईखुर स्वास्थ्य चौकी स्तरोन्नति गरी मेडिकल अधिकृतको व्यवस्था
९८ प्रकारका औषधि नि:शुल्क
मानसिक स्वास्थ्यका लागि ध्यान/योग कार्यक्रम
निशुल्क शव वाहन, ग्रामिण अल्ट्रासाउण्ड, घुम्ती विशेषज्ञ सेवा
स्वास्थ्य स्वयंसेविका प्रोत्साहन र सुत्केरी पोषण कार्यक्रम
पर्यटन प्रवर्द्धनमा : रु. ३.६१ करोड
शहिद स्मृति पार्क निर्माण : रु. २.१७ करोड
चेपेघाट–लिगलिगकोट–तातोपानी पदमार्ग विकास : रु. १.२० करोड
पर्यटकीय स्थल संरक्षण, प्रचारप्रसार र पूर्वाधार सुदृढीकरण
सामाजिक समावेशीकरण र सशक्तिकरण
महिला, अपाङ्ग, दलित र जेष्ठ नागरिक लक्षित कार्यक्रम
‘अहिलेका युवा संग उहिलेका कुरा’ अन्तर्गत Senior Citizen Club
महिला सशक्तिकरणका लागि सिपमूलक तालिम, कोशेली घर
गरिब बिरामीलाई उपचार सहयोग र भान्छाघरसहितको प्रसूति सेवा
राजस्व नीति र सहुलियत कार्यक्रम, निकासि करमा पुर्ण खारेजी
पालुङटार नगरपालिकाले सेवा प्रवाहलाई नागरिकमुखी बनाउँदै विभिन्न सेवाहरुमा दस्तुर छुटको व्यवस्था गरेको छ।
आगामि आर्थिक वर्षदेखि पशुपंक्षी दर्ता, सिफारिस दस्तुर, बन्ध्याकरण, उपचार, दूध परीक्षण, पोष्टमार्टम जस्ता पशुसेवा सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क गरिएको छ।
त्यसैगरी, सम्पत्ति कर तथा भूमिकर बुझाउने करदाताहरुलाई १० शीर्षकमा सेवा दस्तुरमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ। वंशजका आधारमा नागरिकता सिफारिस, आदिवासी जनजाति, दलित, अपांगता, एकल महिला तथा विपन्न वर्गका लागि सिफारिस दस्तुर निःशुल्क गरिएको छ।
नगरपालिकाको यस निर्णयले नागरिकलाई राहत पुर्याउनुका साथै समावेशी र सेवामुखी शासन प्रणालीको उदाहरण प्रस्तुत गरेको छ।
रु. ५० लाख सह-लगानी कार्यक्रम
सडक, भवन, सिँचाइजस्ता योजनामा स्थानीय सहभागिता (३०–५०%)
First Come First Serve आधारमा कार्यान्वयन
न्यायिक समिति सशक्तिकरण
मेलमिलापमैत्री समाधान, नि:शुल्क कानुनी परामर्श
हिंसा निवारण कोषको निरन्तरता र स्थानीय तहमा सहज न्याय
नगर उपप्रमुख वन्दना पाण्डेले “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान” भन्ने नारासहित प्रस्तुत बजेटलाई ‘दिगो, सहभागी र जनमुखी विकास’ को आधार बनाइने बताइन्। बजेट कार्यान्वयनमा नागरिक, कर्मचारी, राजनीतिक दल र सरोकारवालाको सक्रिय सहभागिता अपेक्षित रहेको उल्लेख गरिन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.