गोरखा, असार ९ गते । सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा आज सोमबार सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाले कुल रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ बराबरको बजेट प्रस्तुत गरेको छ। यो चालू आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले कमी भएको बजेट हो।
गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार राजस्व उठाउने लक्ष्य लिएको छ। संघ र प्रदेश सरकारबाट प्राप्त हुने विविध शीर्षकका अनुदान तथा राजस्व बाँडफाँडबाट रु ५७ करोड ४५ लाख ७ हजार १ सय ९२ प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट:
राजस्व बाँडफाँड (मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दस्तुर आदि) — रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२
समानीकरण अनुदान — रु १४ करोड १६ लाख
सशर्त चालु अनुदान — रु २४ करोड ९८ लाख
सशर्त पूँजीगत अनुदान — रु २१ लाख
विशेष पूँजीगत अनुदान — रु १ करोड ६ लाख
समपूरक अनुदान (पूँजीगत) — रु ८७ लाख
प्रदेश सरकारबाट:
समानीकरण अनुदान — रु १ करोड ९९ लाख ७८ हजार
समपूरक अनुदान (पूँजीगत) — रु ६० लाख
विशेष अनुदान — रु ४० लाख
गत वर्षको नगद मौज्दात र जनसहभागितासमेत समावेश गरेर कुल बजेट रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ पुगेको हो।
बजेट संरचना
विनियोजित रकममध्ये करिब २२ प्रतिशत पूँजीगत खर्च र ७८ प्रतिशत चालू खर्च रहेको छ।
विषयगत विनियोजन:
आर्थिक विकास क्षेत्र — २.४%
सामाजिक विकास क्षेत्र — १०.४%
पूर्वाधार विकास — १४.२%
सुशासन, वातावरण, विपद् व्यवस्थापन — २.७%
कार्यालय सञ्चालन, प्रशासनिक खर्च (तलब भत्ता सहित) — १८.६%
सशर्त तथा विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयन — ५१.७%
गाउँसभा समापन गर्दै पालिका अध्यक्षले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सामाजिक न्याय, समावेशी विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.