Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

जेठको तेश्रोसातामा एसई परीक्षा!

पोखरा। एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ ।

बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए ।

हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो ।

हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा कक्षा १२ को समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् । कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने छ । गोरखापत्र दैनिकमा समाचार छ

arrow प्रतिक्रिया दिनुहोस्