Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

भिमसेनथापा गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, ६१ करोड ३२ लाख बराबरको बजेट पारित

loading views..

डि०बी० तामाङ/गोरखा, असार १० गते। गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन २०८२ असार ९ गते, गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम अध्यक्ष बन्जारामार्फत सभामा प्रस्तुत गरिएको थियो। उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको हो।

६१ करोड ३२ लाखको बजेट पारित

सभामा आगामी आर्थिक वर्षका लागि रु ६१,३२,७८,१०४ (एकसठ्ठी करोड बत्तिस लाख अठहत्तर हजार एक सय चार) बराबरको बजेट प्रस्ताव गरिएको थियो, जसलाई पूर्ण समर्थनसहित पारित गरिएको छ।
गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट वस्तीज्यूद्वारा विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ प्रस्तुत गरिए पनि ती विधेयकमा गाउँसभा सदस्य गोपाल बिकको समर्थन रहेको थियो।

समितिहरूको प्रतिवेदन प्रस्तुत

गाउँसभाको अधिवेशनमा विभिन्न समितिहरूबाट विगत वर्षको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ।

स्थायी समितिहरू:

सुशासन समिति,

विधायन समिति,

लेखा समिति

विषयगत समितिहरू:

सामाजिक विकास समिति (नारायण श्रेष्ठ),

आर्थिक विकास समिति (होमबहादुर बरामु),

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति (नारायणप्रसाद भट्टराई),

पूर्वाधार विकास समिति (विकास श्रेष्ठ),

संस्थागत विकास तथा सुशासन समिति (गोपाल वि.क.)

 

यसका अतिरिक्त न्यायिक समिति तथा स्थानीय राजस्व परामर्श समितिको प्रतिवेदन उपाध्यक्ष अमृता देवी भट्टले प्रस्तुत गरेकी थिइन्।

पूर्ण खोप घोषणा र दिगोपना सुनिश्चितताको निर्णय

गाउँसभाले भिमसेनथापा गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्ने तथा दिगोपना सुनिश्चितता सम्बन्धी कार्यपालिकाको निर्णयलाई अनुमोदन गर्दै स्वास्थ्य, सामाजिक सुरक्षालगायत बहुआयामिक क्षेत्रमा सकारात्मक संकेत दिएका छन्।

अधिवेशन समापन

गाउँसभाको अन्त्यमा सभाध्यक्ष लोक प्रसाद बन्जाराले समापन मन्तव्य दिँदै, भिमसेनथापा गाउँपालिकालाई सुशासन, समावेशी विकास र नागरिक सहभागिता आधारित गाउँपालिका बनाउने प्रतिबद्धता दोहोर्‍याए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्