Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

रिलायन्स इन्टरनेशनल एकेडेमी : उत्कृष्ट बिद्यालयको पहिचान

देशभरकै एक उत्कृष्ट  बिद्यालय

loading views..

काठमाडौं,असार १८ गते। काठमाडौंको चाबहिल, सरस्वतीनगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी हालका दिनमा माध्यमिक तहको उत्कृष्ट बिद्यालयको रूपमा स्थापित हुँदै गएको छ। वि.सं. २०६० मा स्थापना भएको यस शिक्षालयले प्रत्येक वर्ष अनुशासित वातावरणमा गुणस्तरीय नतिजा दिँदै आएको छ।

बिद्यालयका प्रधानाध्यापक रवीन्द्रजंग थापाका अनुसार दक्ष शिक्षकहरु, शान्त वातावरण, संस्कारयुक्त शिक्षा र व्यवस्थापनको प्रभावकारी संयोजन नै यस बिद्यालयको बलियो आधार हो। “हामी केवल पठनपाठनमा सीमित छैनौं, विद्यार्थीको चौतर्फी विकासमा समान रूपमा ध्यान दिन्छौं,” प्रधानाध्यापक थापाले बताए।

बिद्यालयले शैक्षिक, अतिरिक्त, सहायक र सांस्कृतिक कार्यक्रमका लागि छुट्टै वार्षिक योजना तयार गरेर कार्यान्वयन गर्दै आएको छ। यसले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा सहयोग पु¥याएको छ।

विद्यार्थीको क्षमता अनुसार पठनपाठन गराउने यस बिद्यालयले कमजोर विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गर्ने र सक्षम विद्यार्थीलाई समूहमा छलफल गराएर अझ सशक्त बनाउने कार्य गर्दै आएको छ।

बिद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, सम्मेलन कक्ष, सफा र सुरक्षित वातावरण लगायत अत्याधुनिक भौतिक संरचनाहरुको पर्याप्त उपलब्ध छन्।

यसरी गुणस्तरीय शिक्षा, संस्कार र व्यवहारिक सिकाइको समिश्रणका साथ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौं उपत्यकाको मात्र नभई, देशभरकै एक उत्कृष्ट  बिद्यालयको रूपमा चिनिँदै गएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्