Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओलीसँगको सहकार्य सोच्न पनि सकिन्न: प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गरेका छन्। गौतमले बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन्। उनीहरुबीच त्यहाँ करिब पौने घण्टा भेटवार्ता भएको थियो।

उक्त भेटमा गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी प्रचण्डको काँधमा आएकाले त्यसलाई पूरा गर्न भनेको गौतमका प्रेश संयोजक विश्वमणि सुवेदीले बताए।

प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौं। अर्को पार्टीले खेल्ने मौका पाउँदैन। अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ। पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला।’

जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिले कै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताए। ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने उनले बताए।

गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिएका छन्। गौतम र प्रचण्डबिच छलफल जारी राख्ने सहमति भएको छ।लोकपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link