काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेतासँग सत्ता समीकरणबारे छलफल गरेका छन् ।
जसपा शीर्ष नेतालाई प्रचण्ड र माधव नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बोलाएर भेटेका हुन् । प्रतिनिधिसभा पुर्नस्थापनासँगै प्रचण्ड–नेपाल केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ प्रधानमन्त्रीको खोजीमा छन् । यसअघि बुधबार प्रचण्ड–नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
प्रचण्ड र माधव नेपाल भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए । श्रोतका अनुसार प्रचण्ड र नेपालले ओलीको प्रतिगमन पराजित भएकाले सरकारमा सहकार्यको प्रस्थताव राखेका छन् । जसपा नेताहरुले प्रचण्ड–नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् ।