जापानमा गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन : ई. अरुण खड्काको सदस्य पदमा उम्मेदवारी, ‘सफा र शुद्ध एनआरएन जापान’ अभियान
टोकियो, जापान – जापानमा आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन नजिकिँदै गर्दा नेपाली समुदायबीच सक्रिय, शिक्षित र सेवामूलक सोच बोकेका युवाहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्।
त्यही क्रममा जापानको आसिकागा विश्वविद्यालयबाट आर्किटेक्चरल तथा सिभिल इन्जिनियरिङमा स्नातक गरेका ई. अरुण खड्का (काजी) ले NRNA जापानको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
“बिगत खोतल्दिनँ, भविष्यको वाचा गर्दिनँ – तर जापानबासी नेपालीको सपना मेरो सपना हुनेछ”
उम्मेदवारी घोषणासँगै अरुण खड्काले सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै भनेका छन् :
“म पनि आएको छु है जापानबासी नेपाली दाजुभाइ, दिदीबहिनीहरू माझ—माया गरिदिनु होला।”
विद्यार्थी भिसाबाट सुरु भएको आफ्नो जापान यात्रा, इन्जिनियरको पेशागत अनुभव र करिब ३ लाख नेपालीहरूको प्रतिनिधित्व गर्ने गरिमा बोकेर आफू समाजसेवामा होमिएको बताउँदै उनले भने,
“मेरो सपना पनि छैन, विपना पनि छैन, तर सम्पूर्ण जापानवासी नेपालीहरूको सपना नै मेरो सपना रहनेछ।”
मानव तस्करीविरुद्ध कठोर अभियानको घोषणा
अरुण खड्काले जापानमा देखिएको मानव तस्करीको जालो पूर्णरूपमा निरुत्साहित पार्ने कार्यलाई आफ्नो मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरेका छन्। साथै, NRNA जापानलाई सफा, पारदर्शी र नेपाली हितका लागि उत्तरदायी बनाउने अठोटसमेत उनले सार्वजनिक गरेका छन्।
शैक्षिक र पेशागत पृष्ठभूमि
– नेपाल इन्जिनियरिङ अध्ययन संस्थान (NEC) बाट सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र
– जापानको आसिकागा विश्वविद्यालयबाट आर्किटेक्चरल तथा सिभिल इन्जिनियरिङमा स्नातक
– जापानमा विभिन्न इन्जिनियरिङ कम्पनीहरूमा पेशागत योगदान
सहकर्मीहरूको समर्थन
दीपक गिरि, प्रकाश आचार्य, सुरज सापकोटा, मनोज चिलुवाल, राजेश भेषराज लिम्बु, प्रकाश भट्ट लगायतका जापानबासी अग्रज एवं सहकर्मीहरूले अरुण खड्काको उम्मेदवारीलाई खुलेर समर्थन गरेका छन्। उनीहरूले एक स्वरमा भनेका छन् :
“उहाँको सामाजिक सेवाको पहिलो कदमलाई हामीले हौसला दिनुपर्छ। अरुणलाई आफ्नो अमूल्य मतद्वारा विजयी गराऔं।”
हार्दिक अपिल
ई. अरुण खड्काले सम्पूर्ण जापानबासी नेपालीहरूसँग समर्पित, इमानदार र पारदर्शी नेतृत्व निर्माणका लागि सहयोगको आह्वान गर्दै भनेका छन् :
“NRNA जापानलाई सफा, निस्वार्थ र सम्पूर्ण नेपालीका पक्षमा काम गर्ने संस्था बनाउन मलाई एकपटक साथ दिनुहोस्।