Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

NRNA जापान सदस्य पदका उम्मेदवार इञ्जिनियर अरुण खड्काको प्रतिबद्धता

"सपना छैन, तर सम्पूर्ण नेपालीको सपना नै मेरो अभियान हो"

loading views..

टोकियो, जापान ३ साउन। गैरआवासीय नेपाली संघ (NRNA) जापानको आसन्न निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार इञ्जिनियर अरुण खड्का (काजी) ले जापानमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको जीवनस्तर सुधारदेखि आत्महत्या न्यूनीकरण, सीप प्रवाह, लगानी विस्तार र प्रविधि हस्तान्तरणजस्ता यथार्थमुखी अभियानहरूलाई प्राथमिकतामा राख्दै आफ्नो स्पष्ट र प्रभावकारी एजेन्डा सार्वजनिक गरेका छन्।

नेपाल इञ्जिनियरिङ अध्ययन संस्थानबाट सिभिल इञ्जिनियरिङमा प्रविणता प्रमाणपत्र हासिल गरेका खड्का जापानको आसिकागा विश्वविद्यालयबाट आर्किटेक्चरल तथा सिभिल इञ्जिनियरिङमा स्नातक गरी हाल जापानमै इन्जिनियरको रूपमा कार्यरत छन्। विद्यार्थी जीवनको राम्रो अनुभवपछि उनी अब नेपाली समुदायको साझा मञ्चमार्फत सेवा गर्न सक्रिय बनेका छन्।

 खड्काका प्रमुख प्रतिबद्धता:

आत्महत्या न्यूनीकरण अभियान
जापानमा बढ्दो आत्महत्याको समस्या गम्भीर बन्दै जाँदा, खड्काले विज्ञ टोली गठन गरेर अनुसन्धान, परामर्श तथा व्यवहारिक समाधानका उपाय खोज्ने अठोट गरेका छन्।

नेपालमा सीप प्रवाह र छोटो अवधिको तालिम
जापानमा आर्जन गरिएका सीप, ज्ञान र प्रविधिलाई नेपालमा स्थानान्तरण गर्न उनले प्रभावकारी तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालमा सानोतिनो रकम पनि ठूला परिणामका लागि लगानीमा रूपान्तरण
पसिनाका थोपा बगाएर कमाएको पैसा अनुत्पादक ठाउँमा खेर नजाओस् भन्ने सोचसहित उनले छरिएका रकमलाई एकीकृत लगानीमा बदल्ने योजना अघि सारेका छन्।

जापानी विकास मोडेलको अनुकरणीय प्रयोग नेपालमा
राजमार्ग, खानेपानी, सरसफाईजस्ता जापानी सफल मोडेलको अध्ययनका लागि जापानी विज्ञ टोलीलाई नेपालमा ल्याई स्थलगत अध्ययन गराई तालिम सञ्चालन गरिनेछ।

ब्याचलर भिसाको विकृति रोक्न स्पष्ट कार्ययोजना
पछिल्ला वर्षहरूमा देखिएको ब्याचलर भिसा प्रणालीको दुरुपयोग नियन्त्रण गर्दै विद्यार्थी नीतिलाई मर्यादित बनाउने उनको प्राथमिक लक्ष्य हो।

सम्पूर्ण नेपालीको समस्या आत्मसात गर्दै समाधान खोज्ने संकल्प
विद्यार्थी, व्यवसायी, मजदुर, प्राविधिक, गृहणी सबैको समस्या आत्मसात गर्दै ‘तपाईंको समस्या, मेरो जिम्मेवारी’ भन्ने भावनासहित उनी अघि बढ्न चाहन्छन्।

इ. अरुण खड्का (काजी) भन्छन् –

“मेरो कुनै व्यक्तिगत सपना छैन, तर जापानभरि रहनु भएका सम्पूर्ण नेपालीहरूको सपना नै मेरो अभियान बन्नेछ। मानव तस्करजस्ता घृणित प्रवृत्तिलाई अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो।”

उनको उम्मेदवारीलाई व्यापक समर्थन मिलिरहेको छ। रामकृष्ण भण्डारी दीपक गिरी, रबिन्द्र श्रेष्ठ (गोर्खाली), नवीन राना, हरि पुन, कमला पुर्जा मगर, दिनेश गौतम, कमल श्रेष्ठ, शर्मिला गड्तौला, पूर्णबहादुर थापा, प्रकाश आचार्य, सुरज सापकोटा, मनोज चिलुवाल, राजेश,भेषराज लिम्बु, प्रकाश भट्ट लगायत जापानका दर्जनौँ अगुवाहरूले खड्कालाई भारी मतले विजयी गराउन सम्पूर्ण नेपालीहरूमाझ अपिल गरेका छन्।

“ईमानदार, कर्मठ, बौद्धिक, र समाजसेवामा समर्पित इञ्जिनियर अरुण खड्कालाई जिताऔँ — हाम्रो प्रतिनिधि बनाऔँ,” अभियानकर्ताहरूको एउटै स्वर।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्