Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

विद्यादेवी भण्डारीको कडा सन्देश : ‘४५ वर्षअघिको सदस्यता कसैले खोस्न सक्दैन’

loading views..

‘मदन भण्डारीले ४५ वर्षअघि दिएको सदस्यता कसैले खोस्न सक्दैन, हुलहुज्जत र उत्तेजनामा खारेज हुँदैन,’ उनले पत्रकार सम्मेलनमा भनिन्।

भण्डारीले राष्ट्रपतिको कार्यकाल सम्पन्न भएसँगै पार्टी राजनीतिमा फर्कने निर्णय गरिसकेको उल्लेख गर्दै, २०७९ असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीमा एमालेको सदस्यता नवीकरण गरिसकेको दाबी गरिन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समेत यसबारे छलफल भइसकेको र आफूले विधिसम्मत ढंगले सदस्यता नवीकरण गरिसकेको उनले बताइन्।

पार्टी निर्णयमाथि प्रश्न

एमाले केन्द्रीय कमिटीले सदस्यता नवीकरण नभएको निर्णय लिएको विषयप्रति आपत्ति जनाउँदै उनले भनिन्, ‘यो निर्णय वैध छैन। म ४५ वर्षदेखि पार्टीमा छु। संविधान, ऐन, र स्वतन्त्रताको मर्मविपरीत मलाई पार्टी सदस्यताबाट वञ्चित गर्न सकिँदैन।’

पार्टीको साख गिराउने निर्णय

पूर्वराष्ट्रपतिले पार्टीको निर्णय आवेग र उत्तेजनाका भरमा गरिएको बताउँदै यसले पार्टीको साखमा आँच पुर्‍याउने चेतावनी दिइन्। उनले जबजको मर्मअनुसार विवेकसम्मत निर्णय आवश्यक रहेको जोड दिइन्।

पदको लालसा छैन, उद्देश्य पार्टी बलियो बनाउने

‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेकी छु। पदको लालसा छैन,’ उनले स्पष्ट पारिन्, ‘मेरो उद्देश्य पार्टीलाई बलियो बनाउने, देशलाई समृद्ध बनाउने र जनताको सेवा गर्ने हो।’

पार्टी पंक्तिमा आह्वान

पत्रकार सम्मेलनमार्फत उनले देशभरका एमाले नेता, कार्यकर्ता र सदस्यहरूलाई निर्धक्क र निष्ठापूर्वक पार्टी निर्माणमा लाग्न आह्वान गरिन्। ‘म विचलित हुने छैन,’ उनले भनिन्, ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा हामी

भण्डारीको मुख्य भनाइ भने यही रह्यो—राजनीति गर्ने, पार्टी सदस्य हुने अधिकार संविधानले प्रत्याभूत गरेको छ, र त्यो अधिकार खोस्ने अधिकार कसैसँग छैन।

 

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्