Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

जनार्दनको आलोचना चुलिँदै गर्दा वर्षमान पुनको बचाउ : “सामान्य मतभेदलाई अतिरञ्जित बनाइयो”

loading views..
Nepal Telcome

काठमाडौं, १७ साउन। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा तीव्र आलोचनाको चपेटामा परिरहेका बेला अर्का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ भने शर्माको बचाउ गर्दै पत्रकारहरूसँग खुलेर बोलेका छन्।

स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पुनले पार्टीभित्रको सामान्य मतभेदलाई अनावश्यक ढंगले अतिरञ्जित गरिएको टिप्पणी गरे। “धेरैजसो सञ्चार माध्यम र केही व्यक्तिहरूले सानातिना विषयलाई ठूलो बनाउने काम गरिरहेका छन्,” पुनले भने, “यो स्वाभाविक छलफल हो, तर यसलाई गम्भीर विभाजनको रूपमा चित्रण गर्नु गलत हो।”

बैठकमा गणेशमान पुन, सत्या पहाडी, कमला रोका लगायत नेताहरूले जनार्दन शर्माले पार्टीभित्रको आन्तरिक विषय बाहिर ल्याएको भन्दै कडा आलोचना गरेका थिए। उनीहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव समेत दिएका छन्।

तर वर्षमान पुनले ती अभिव्यक्तिहरूलाई आत्ममन्थनको हिस्सा भन्दै जनार्दनमाथि गरिएको टिप्पणीहरूलाई सन्तुलित रुपमा लिन आग्रह गरे। “पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै मतभेद समाधान गर्दै अघि बढ्छौँ,” उनले भने, “हल्ला होइन, संगठनभित्र छलफलबाट समाधान खोजिन्छ।”

जनार्दन शर्मा पक्ष र विपक्षबीच माओवादी केन्द्रको वर्तमान आन्तरिक राजनीति झनै चासोको विषय बनेको छ। जहाँ एकातिर पार्टी अनुशासनको सवाल उठाइएको छ भने अर्कातिर विचार विमर्शको खुलापनलाई स्वीकार गर्नुपर्ने बहससमेत उब्जिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link