Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

गोरखाबाट नारायणगढ तर्फ जादै गरेको बस आँबुखैरेनी स्थित ऐना पहरा नजिकै दुर्घटना

loading views..
Nepal Telcome

गोरखा, १८ साउन गते। आइतबार दिउँसो करिब १६:२० बजेको समयमा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेका मध्ये गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा गम्भीर घाइते भएकी छन्। उनलाई प्रारम्भिक उपचारका लागि आँबुखैरेनी अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि १६:४० बजे थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज (CMC) रेफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

त्यसैगरी गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ सामान्य घाइते भएका छन् भने सहिद लखन गाउँपालिका–६ कै ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदाम सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link