Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सर्वोच्च अदालतमा प्रचण्ड!

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालतमा उपस्थित भएका छन्।

अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका टिप्पणीहरुलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा परेको थियो। पुस ५ गते प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनका क्रममा दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफै लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए जनअदालतबाट फैसला हुने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link