काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको श्रोतले बतायो।
