Skip to content
Pokharapress Logo
३ भाद्र २०८२, मंगलवार

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

loading views..

काठमाडौँ, २ भदौ । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुनुभएको छ । उहाँलाई २०८२ भदौ १ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एम.ए. तथा एम.पी.ए. गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका पदबाट अवकाश प्राप्त गर्नुभएको हो ।

करिब चार दशकसम्म केन्द्रीय बैंकमा सेवा पु¥याउनुभएका घिमिरेले सूचना प्रविधि, मानव स्रोत, विदेशी विनिमय, बैंकिङ तथा अनुसन्धानलगायत विभिन्न विभागको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँको अनुभव र दक्षताले नागरिक लगानी कोषको संस्थागत सबलीकरण तथा लगानीकर्ताको विश्वास अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्