Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

धर्मको आवरणमा स्वास्थ्य शिविर? गोरखामा क्रिश्चियन अस्पतालको विवादास्पद सूचना

loading views..

गोरखा,८ भाद्र । गोरखा-१० छेपेटारस्थित गोरखा मेमोरियल अस्पतालले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नाममा धर्म प्रचार गरिरहेको आरोप लागेको छ। ‘निःशुल्क भिडियो एक्सरे र निःशुल्क हाड जोर्नी चेकजाँच’ शीर्षकमा जारी गरिएको सूचनामा क्रिश्चियन धर्मावलम्बीलाई ५०% छुट दिने व्यवस्था गरिएको स्पष्ट उल्लेख छ।

स्थानीयवासीहरूले यसलाई धर्मको आडमा गरिने प्रचारको संज्ञा दिँदै अस्पतालको गतिविधिप्रति प्रश्न उठाएका छन्। विज्ञप्तिमा लेखिएको छ, “मण्डलीका ३५ वर्ष माथिका प्रत्येक विश्वासीलाई अस्पतालको विशेष छुट कार्ड उपलब्ध गराइनेछ।” यसले सेवाको आधार धार्मिकता बनाएको भन्दै विवाद चुलिएको छ।

स्वास्थ्य सेवा सबैको अधिकार हो भन्ने संवैधानिक व्यवस्थालाई चुनौती दिने खालको यो सूचना भित्रै धर्म विशेषको पक्षपोषण देखिएको आलोचकहरूको भनाइ छ। “धार्मिक आस्थाअनुसार छुट दिने प्रथा स्वास्थ्य क्षेत्रमा खतरनाक सन्देश हो। यसलाई तत्काल रोक्नु पर्छ,” स्थानीय सामाजिक अभियन्ताले भने।

धर्म, स्वास्थ्य र सेवा एकैसाथ जोडेर संवेदनशील क्षेत्रमा गरिने यस्तो कार्यले कानुनी प्रश्न पनि उठाएको छ। प्रशासन र सरोकारवाला निकायले यसबारे चासो देखाउने कि नदेखाउने भन्ने विषयमा अहिले चर्चा छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्