Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सरकारले नेकपा बिद्रोहीसँग एकै दिन दुई चरणको वार्ता गऱ्यो

loading views..
Nepal Telcome

काठमाडौं। सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकै दिन दुई चरणको वार्ता भएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन्।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो। बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको वार्ता टोलीका सदस्य भट्टराईले जानकारी दिए। वार्ता सकारात्मक निष्कर्षमा पुग्ने उनले उल्लेख गरेका छन्।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए। पहिलो चरणको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए।

बुधबार बालुवाटारमा भएको सरकार र चन्द समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको पनि गृहमन्त्री थापाले जानकारी दिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link