Skip to content
Pokharapress Logo
८ भाद्र २०८३, सोमबार

जापानमा अमेरिकी टाइफुन मिसाइल तैनाथीबारे चीनको आपत्ति

loading views..
Nepal Telcome

बेइजिङ । चीनले अमेरिकालाई जापानमा तैनाथ गरिएको मध्यम दुरीको टाइफुन मिसाइल सिस्टम तत्काल हटाउन माग गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यो तैनाथी चीनसहित सम्पूर्ण क्षेत्रको रणनीतिक सुरक्षामाथि गम्भीर खतरा भएको दाबी गरेका छन्।

उनका अनुसार, चीनको गम्भीर आपत्तिलाई बेवास्ता गर्दै अमेरिका र जापानले संयुक्त सैन्य अभ्यासको नाममा मिसाइल प्रणालीको तैनाथीलाई निरन्तरता दिएका छन्।

जमिनबाट प्रक्षेपण गरिने उक्त मिसाइल प्रणालीले टोमहक मिसाइल प्रहार गर्न सक्छ र यसको मारक क्षमता २ हजार किलोमिटरसम्म रहेको बताइएको छ। यसले दक्षिण चीन सागर, ताइवान हुँदै चीनका दक्षिणी क्षेत्रसम्म निसाना साध्न सक्ने क्षमता राख्छ।

लिन जियानले एसियाली मुलुकमा अमेरिकी मिसाइल प्रणालीको उपस्थिति अन्य देशहरूको सुरक्षामा प्रत्यक्ष खतरा भएको चेतावनी दिए। उनका अनुसार यसले क्षेत्रीय हतियार दौडलाई तीव्र बनाउने, सैन्य टकरावको जोखिम बढाउने र रणनीतिक सुरक्षालाई कमजोर पार्ने सम्भावना छ।

चीनले अमेरिका र जापानलाई अन्य देशहरूको सुरक्षा चासोलाई सम्मान गर्न र एशियाली क्षेत्रको शान्ति र स्थिरता कायम राख्न सकारात्मक कदम चाल्न आग्रह गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link