Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जापानमा १०० वर्ष उमेरका नागरिकको संख्या बढ्यो

loading views..
Nepal Telcome

टोकियो । तपाईंले सुन्नु भएको होला- जापानमा मानिस लामो समय  बाँच्छन् भनेर। तर यो वर्ष जापानले फेरि एक रोचक रेकर्ड कायम गरेको छ। देशमा एक सय वर्षभन्दा बढी उमेर पुगेकाहरूको संख्या करिब १ लाख पुगेको छ।

जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, अहिले कुल ९९ हजार ७६३ जना मानिस १०० वर्षभन्दा बढी उमेरमा जीवन रमाइरहेका छन्। तीमध्ये ८८ प्रतिशत अर्थात् ८७ हजार ७८४ जना महिला हुन्, भने पुरुषको संख्या ११ हजार ९७९ छ।

यो उपलब्धिले जापानले लगातार ५५ वर्षदेखि “शतायुहरूको मुलुक” भन्ने उपाधि जोगाइरहेको छ। देशको कुल जनसंख्या १२ करोड ४० लाखमध्ये ०.८१ प्रतिशत मानिस शतायु छन्।

विशेष दिवस, विशेष सम्मान
जापानमा १५ सेप्टेम्बरलाई “वृद्ध दिवस” मनाइन्छ। यो अवसरलाई अझै विशेष बनाउन प्रधानमन्त्रीले १०० वर्ष नाघेका नागरिकलाई बधाईपत्र र चाँदीको गिलास उपहार दिन्छन्। यसपटक मात्रै ५१ हजार ३१० जनालाई यस्तो सम्मान दिइएकोछ।

सबैभन्दा धेरै आयुभएकाहरु
हाल जापानकी सबैभन्दा वृद्ध महिला ११४ वर्षकी शिगेको कागावा हुन् भने सबैभन्दा वृद्ध पुरुष १११ वर्षका कियोताका मिजुनो हुन्।

लामो आयुको रहस्य
विशेषज्ञहरूका अनुसार, जापानमा मोटोपनाको समस्या कम छ, जसका कारण मुटु रोग र क्यान्सरको जोखिम घट्छ। त्यही कारण औसत जीवनदर ९५.१ वर्ष पुगेको छ। विश्व जनसंख्या समीक्षा २०२४ का अनुसार, जापान अझै पनि विश्वकै शीर्ष ५ लामो आयु हुने देशमध्ये एक हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link