Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

दिल्ली जाँदै गरेको बसमा आगलागी, २ नेपालीको मृत्यु

loading views..
Nepal Telcome

पोखरा। भारतको उत्तर प्रदेशको बलरामपुरमा दिल्लीतर्फ जाँदै गरेको यात्रुबाहक बसमा मध्यराति भीषण आगलागी हुँदा २ नेपालीको मृत्यु भएको छ। सुनौलीबाट छुटेको यूपी २२ एटी ०२४५ नम्बरको बसमा ४५ यात्रु सवार थिए।

स्थानीय प्रशासनका अनुसार बसमा सवार धेरै यात्रु बुटवल क्षेत्रका रहेका छन्। आगलागीमा घाइते भएका यात्रुलाई अस्पतालमा उपचार भइरहेको जनाएको छ।

घाइते यात्रु लोकेन्द्रका अनुसार उनी नेपालबाट गुरुग्राम जाँदै थिए। उनले भने ‘बीचमै घटना भयो। बस ट्रकसँग ठोक्कियो र त्यसपछि आगो लाग्यो। म दुर्घटना हुनु केही समयअघि मात्रै ब्यूँझिएको थिएँ। आगो लागेपछि झ्यालबाट हाम फालेर बाहिर निस्कें। धेरैजना घाइते भए। म बसको पाछिल्लो सीटमा बसेको थिएँ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link