Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

शान्त स्वभाव, सक्षम नेतृत्व : बैकुण्ठ अर्याल सचिवमा नियुक्त

पारदर्शिताको पहिचान!

loading views..
Nepal Telcome

काठमाडौँ ।  लामो प्रशासनिक अनुभव, पारदर्शी कार्यशैली र शिक्षा क्षेत्रमा बनाएको विशिष्ट पहिचानका कारण बैकुण्ठ प्रसाद अर्याल संघीय सचिवका रूपमा पदोन्नत भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले दिएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिवका रूपमा दक्षतापूर्वक जिम्मेवारी बहन गर्दै आएका अर्याल राज्य–प्रशासनको संयमित, शान्त र समाधानमुखी व्यक्तित्वका रूपमा चिनिन्छन्। नीतिगत निर्णय, संस्थागत सुधार र सार्वजनिक प्रशासन सञ्चालनमा उनको सक्रियता व्यापक प्रशंसनीय मानिँदै आएको छ।

सचिवमा पदोन्नतिसँगै अर्याल अब संघीय तहमा अझ महत्वपूर्ण भूमिकासहित नीति निर्माण र कार्यान्वयनमा नेतृत्व दिने जिम्मेवारीमा प्रवेश गर्दैछन्। धेरैका अनुसार, उनको आगमनले संघीय प्रशासनमा पारदर्शिता र कार्यदक्षता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link