Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेकपाको २७५ केन्द्रीय सदस्य सहित प्रचण्ड माधव निर्वाचन आयोग जाँदै

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्ष आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको बुझिएको छ। नेकपाको आधिकारिता विवाद टुंग्याउन ढिलो गरेको आरोप लगाइ रहेको यो समूह फेरि निर्वाचन आयोग जान लागेको हो।

पार्टीको आधिकारिकता दाबीका निम्ति २ सय ७५ जना केन्द्रीय सदस्य नागरिकता र पार्टीको परिचयपत्रसहित आयोग जान लागेको केन्द्रीय सदस्य गंगालाल तुलाधारले जानकारी दिए। ‘हामी २ सय ७५ जना केन्द्रीय सदस्य राजधानीमा उपलब्ध छौं, उपलब्ध केन्द्रीय सदस्य आयोगमा २ बजे उपस्थित हुन लागेका हौं,’ उनले भने।

आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। नेकपा विवादबारे आयोगले ढिलाइ गरेपछि आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिन उक्त समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहितको कागजपत्र लिएर आयोग जान लागेको हो।

व्यवहारिक रुपले विभाजित भइसकेका ओली र प्रचण्ड माधव समूह आधिकारिकताका लागि निर्वाचन आयोगलाई पर्खिरहेका छन्। राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूहरूले आधिकारिकता पाउनुपर्ने प्रचण्ड-माधव समूहको दाबी छ । साबिकको नेकपाको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य आफ्नो समूहमा रहेकाले आधिकारिक नेकपा र चुनाव चिह्न आफ्नै हुनुपर्ने त्यस समूहको दाबी छ ।

प्रधाननमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा व्यवहारिकरुपमा विभाजन भएको छ। तर, कानुन मान्यता भने पाउन सकेको छैन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link