Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा मादी–२, ताङतिङस्थित श्री हिमालयन मिलन माध्यमिक विद्यालयमा न्यानो कपडा बितरण

loading views..

पोखरा। लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा मादी गाउँपालिका–२, ताङतिङस्थित श्री हिमालयन मिलन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। क्लबका सक्रिय सदस्य लायन अंकित सुवेदीको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा डाउन टाउनका संस्थापक अध्यक्ष लायन प्रमोद लामिछाने, पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमनध्वज गुरुङ, विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, क्लबका सल्लाहकार शंकर कार्की लगायत क्लबका शुभचिन्तकहरू सन्तोष पौडेल, सन्दीप गुरुङ, भीम पौडेल र शंकर गिरीको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले कार्यक्रमको उद्देश्य र महत्वबारे चर्चा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।
क्लबका अध्यक्ष लायन ऋषि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमनध्वज गुरुङले मन्तव्य राख्दै लायन्स क्लबले शिक्षा, स्वास्थ्य तथा विपन्न वर्गको सेवामा पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँहरूले चिसो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु अत्यन्तै समयसापेक्ष र संवेदनशील कार्य भएको बताउँदै क्लबप्रति आभार प्रकट गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङले विद्यालय र विद्यार्थीहरूको तर्फबाट लायन्स क्लब अफ पोखरा डाउन टाउनप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा थप प्रेरणा मिल्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको अन्त्यमा जन्मोत्सव मनाइरहनु भएका लायन अंकित सुवेदीप्रति विशेष धन्यवाद व्यक्त गर्दै क्लबले सामाजिक सेवामार्फत जन्मदिन मनाउने संस्कृतिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको थियो। लायन्स क्लब अफ पोखरा डाउन टाउनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्