Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

आजबाट ज्योति लाइफको आइपिओ

loading views..

पोखरा। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँबराबरको आईपीओ आज शुक्रबार (फागुन २१ गते) देखि निष्कासन हुँदैछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गर्न लागिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर कारोबार नहुने दिनदेखि आईपीओ निष्कासन गर्न निर्देशन दिएकोले सोहीअनुसार २ अगाडि नै यो कम्पनीको आईपीओ निष्कासन गर्न लागिएको एनएमबी क्यापिटलले जनाएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

अहिले बजारमा आईपीओ भर्ने १६ लाखका हाराहारीमा पुगेका छन्। यो हिसाबले यो आईपीओ पनि गोलाप्रथामा जानेछ। त्यसैले यो आईपीओमा १० कित्ताका लागिमात्र आवेदन दिँदा उचित हुने देखिन्छ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्। लगानीकर्ताहरुले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्