मकवानपुर।मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत बकैया गाउँपालिका–४ जुरेली (माझी गाउँ) मा आज अभूतपूर्व राजनीतिक तरंग देखिएको छ। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बिजय गौतमको पक्षमा गाउँ नै संगठित रूपमा प्रवेश गर्दै स्थानीयले “आफ्नै गाउँका युवा उम्मेदवारलाई जिताउने” सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्का तथा “राजनीतिक भूकम्प”का रूपमा हेरिएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले “फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि” बन्ने प्रतिबद्धता जनाउँदै शिक्षा, रोजगारी, पूर्वाधार र विपद् नियन्त्रणका मुद्दा केन्द्रसम्म पुर्याउने बताए।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहका करिब सय जना नेता–कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन्। नेताहरूले जुरेलीको निर्णयले मकवानपुरको राजनीतिक समीकरण नै बदल्ने दाबी गरेका छन्।
स्थानीयको खुलेको समर्थनसँगै मकवानपुर–१ मा चुनावी प्रतिस्पर्धा नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ।



