Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

सिरानचोकमा “विज्ञ सभा २०८२” आजबाट सुरु

loading views..
Nepal Telcome

पोखरा,जेठ ८। सिरानचोक गाउँपालिका मा तीन दिने “सिरानचोक विज्ञ सभा २०८२” शुक्रबारदेखि सुरु भएको छ। गाउँपालिका–२ थालाजुङमा आयोजित उक्त सभाको उद्घाटन गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ को अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा देश तथा विदेशका विभिन्न निकायमा कार्यरत तथा सेवा निवृत्त विज्ञ व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा गाउँपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको समीक्षा गर्नुका साथै स्थानीय आवश्यकता अनुसार माटो सुहाउँदो योजना तर्जुमा, आर्थिक विकास, पर्यटन प्रवर्द्धन, उद्यमशीलता, रोजगारी, सामाजिक विकास, न्याय तथा सुशासनका विषयमा विषयगत प्रस्तुति, छलफल तथा प्यानल डिस्कसन सञ्चालन गरिएको थियो।
त्यसैगरी, गाउँपालिकाको दिगो विकास, सुशासन अभिवृद्धि तथा आगामी नीति तथा कार्यक्रम निर्माणका लागि विज्ञहरूबाट महत्वपूर्ण सुझाव तथा सिफारिसहरू प्रस्तुत गरिएको आयोजकले जनाएको छ। उक्त “सिरानचोक विज्ञ सभा २०८२” जेठ १० गतेसम्म सञ्चालन हुने बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link