Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

आयोजक अमेरिकामाथि बेल्जियमको निर्मम प्रहार, ४–१ को अपमानजनक हारसँगै विश्वकपबाट बिदाइ

अमेरिकाको आशामाथि पूर्णविराम!

loading views..
Nepal Telcome

पोखरा,२३ असार।घरेलु मैदान, लाखौं समर्थक र विश्वकप जित्ने ठूलो सपना बोकेको थियो तर सह–आयोजक अमेरिकाका लागि फिफा विश्वकप २०२६ को यात्रा लज्जास्पद रूपमा टुंगिएको छ। बेल्लेजियमले अमेरिकामाथि ४–१ को निर्मम जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्दा आयोजक राष्ट्र अमेरिका भने दर्शकमै सीमित भएको छ।
खेलको नवौं मिनेटमै चार्ल्स डे केटेलाएरेले गोल गर्दै अमेरिकालाई दबाबमा पारे। ३१औं मिनेटमा मलिक टिलम्यानले आकर्षक फ्रि–किक गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए पनि त्यो खुसी दुई मिनेट पनि टिकेन। डे केटेलाएरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफमा अमेरिकी टोलीको कमजोर प्रदर्शन अझै छर्लङ्ग देखियो। गोलकिपर म्याट फ्रिजको गम्भीर त्रुटिको फाइदा उठाउँदै हान्स भानकेनले तेस्रो गोल थपे भने इन्जुरी समयमा रोमेलु लुकाकुले अन्तिम प्रहार गर्दै अमेरिकाको आशामाथि पूर्णविराम लगाए।
मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको रणनीति मैदानमा पूर्ण रूपमा असफल देखियो। ५७ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखे पनि अमेरिकी टोलीले त्यसलाई गोलमा रूपान्तरण गर्न सकेन। खेलभरि मात्र ६ प्रहार गरेको अमेरिकाका दुई प्रहार मात्र पोस्टको दिशामा थिए, जबकि बेल्जियमले १५ पटक आक्रमण गर्दै खेलभरि आफ्नो दबदबा कायम राख्यो।
यस हारसँगै विश्वकप २०२६ का तीनै आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन्।
घरेलु मैदानमा इतिहास रच्ने अमेरिकी सपना भने बेल्जियमको प्रभावशाली प्रदर्शनअघि पूर्ण रूपमा चकनाचुर भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link