Skip to content
Pokharapress Logo
३० भाद्र २०८३, मंगलवार

डलरसहित विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, कुन मुद्राको कतिमा हुँदैछ कारोबार?

loading views..
Nepal Telcome

३१ भदौ,पोखरा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा तोकिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्ने जनाइएको छ।

अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link