Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

म छोड्नेवाला हैन्…लड्नेवाला हुँ…:प्रचण्ड(माके अध्यक्ष)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीतिबाट अझै हार नखाएको र समृद्धि र परिवर्तनका लागि झै लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनयुद्धका क्रममा जनमुक्ति सेनासँगै रहेर स्वास्थ्यकर्मिको भूमिका खेलेका योद्धाहरुले आयोजना गरेको कार्यक्रममा बिहीबार बोल्दै प्रचण्डले उमेर ढल्कदै गएपनि हार नखाएको बताएका हुन् । यो बीचमा पुराना साथीहरु छुटेको साँचो हो । अव एक पटक फेरी कोर्ष करेक्शन गर्न तयार छु, प्रचण्डले भने, ‘म छोड्ने वाला छैन । फेरी क्रान्तिमा जाने वाला र लड्नेवाला छु । माओले ७६ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म अहिले पनि लडिरहेको छु, लड्नेछु ।’ जनयुद्ध लडेर आएका योद्धाहरुलाई सुन र शान्तिपूर्ण राजनीतिमा थपिएकालाई चाँदीको संज्ञा दिदै प्रचण्डले भने, ‘संस्थागत ढंगले पुराना साथीहरु समेट्न ध्यान दिनुपर्ने त्यो नपुगेको हो । जुन भरोषा नेतृत्व र पार्टीप्रति राख्नुभयो त्यसले फेरी पनि हाम्रो विजयको दिन आउनेछ भन्ने विश्वास छ । संस्थागत रुपले जति अनुगमन गर्नुपर्ने हो त्यो हुन नसकेको साँचो कुरा हो । त्यसैले जनमुक्ति सेना कोही खाडी, कोही बेरोजगार हुनुपर्ने कुरा दुखद हो । अब हामी केन्द्रीय कमिटी र कार्यकर्ता भेलामा जनमुक्ति सेनालगायत सवैलाई समेट्ने छौं । जनसेनासँगै फर्मेशनमा हिडेर योगदान गरेका स्वास्थ्यकर्मिलाई पार्टीले मात्रै भएपनि प्रमाणपत्र दिनेछौं ।’ खाडीमा रहेकादेखि पुराना नेताकार्यकर्ताले अहिले पनि आफूलाई ‘प्रचण्ड हाम्रो नेता हो, फेरी पनि लड्न पर्यो भने हामी आउनेछौं’ भन्ने गरेको प्रशंग सम्झिएर भावुक बनेका प्रचण्डले थपे, ‘खाडीमा दुख:पाएर बस्दै गर्दा पनि उहाँहरुले त्यो कुरा गर्नु निक्कै भावुक र संवेदनशील कुरा हो । नेतृत्वप्रतिको विश्वास हो ।’ केपी प्रबृतीका विरुद्ध १९ पेजको डकुमेण्ट लेख्दै गर्दा नयाँ आन्दोलन सुरु गरेको महसुस भएको स्मरण गर्दै प्रचण्डले भने, ‘षडयन्त्रकारी लिडरसिप माथि बम बर्साउ भन्ने चिनियाँ भनाई थियो, मैले पनि ओली प्रबृतीप्रति प्रहार गरेको हो । युद्ध भनेर अहिले हिंसामा जाने भनिएको त हैन । तर शान्ति मार्फत युद्ध गरेको हो । अहिले पनि युद्ध चलिरहेको छ । अझैपनि ठूल्ठुला षडयन्त्रहरु भइरहेका छन् । त्यसका विरुद्ध हामी अहिले फेरी आफैं, आफ्नै खुट्टामा उभिने अवस्थामा आईपुगेका छौं । सवै क्रान्तिकारीहरु माथि नै भर पर्ने अवस्था आएको छ, त्यसकै आधारमा मैले हेडक्वाटरमा बम बहाड गरेको हो ।’ अध्यक्ष प्रचण्डले विभिन्न घटनाक्रमले फेरी पनि जनतामो जोडिन अवस्था सृजना भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अव फेरी हामी जनतासँग जोडिने र जनताको सेवा गर्ने अठोट गरेको छु । देशी विदेशी प्रतिक्रियावादीहरुले नेपालको परिवर्तन र उपलव्धि विरुद्ध षडयन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्न सकिन्छ । अहिले युद्ध गर्नुपर्दैन , शान्तिपूर्ण ढंगले जनतासँग जोडियौं भने जित्छौं ।’
समचारदैनिकबाट

arrow प्रतिक्रिया दिनुहोस्