Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सशत्र आनेदोलन गर्ने!

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यकिरणले नेपालमा फेरि हतियार उठ्ने बताएका छन् ।पार्टी सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरुले राजधानीमा आइतबार आयोजना गरेको विरोध सभामा वैद्यले जनताको ठूलो हिस्सालाई शोषण र उत्पीडनमा राखेर नेपाल कहिल्यै शान्तिपूर्ण मुलुक हुन नसक्ने वैद्यले बताए । शान्तिपछि मात्र क्रान्ति आउने भन्दै वैद्यले नेपालमा तत्काल शान्तिको सम्भावना नरहेको बताए ।

‘सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ?’, वैद्यले भने, ‘शान्तिको युग क्रान्ति गरेपछि आउँछ ।

नेपालमा फेरि क्रान्तिका लागि बन्दुक उठ्छ ।’ महासचिव वैद्यले नेत्रविक्रम चन्द विप्लव समूह वार्तामा आएपछि मुलुक अब पूर्ण रुपमा शान्तिमा प्रवेश गरेको बताएको भन्दै वैद्यले त्यसको खण्डन गरे । उनले क्रान्तिकारी शक्तिलाई संसदीय राजनीतिमा आएको भ्रम छरेको भन्दै ओलीको आलोचना गरे । ‘प्रधानमन्त्रीजीले भन्नुभो अब सबै संसदवादी मुलधारमा आए, यो सरासर झुठ हो’, वैद्यले भने, ‘संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन ।’

विप्लव समूहले सम्झौता गर्ने बित्तिकै शान्तिको युग सुरु भएको नठान्न वैद्यले चेतावनी दिए । वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति र मधेसी समुदायका सदस्या समाधान नभएसम्म शान्तिको युग सुरु नहुने उनको भनाइ थियो । आफूहरु ती समस्या समाधानका लागि हतियार उठाएर क्रान्तिको तयारीमा रहेको वैद्यले बताए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link